कांग्रेस प्रदेशसभा अधिवेशनः मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा मतदान सुरु

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १२:४९

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको क्षेत्र नं २ ‘ख’ मा मतदान सुरु भएको छ । क्षेत्रीय प्रतिनिधिका लागि भैइरहेको निवार्चनमा दुई समुह चुनावी मैदानमा होमियका छन् ।

हेटौंडा ३ बस्तीपुरस्थित सोतिङ्ग छ्योइलिङ्ग गुम्बामा भइरहेको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ को नेतृत्वको लागि रञ्जन कालाखेतीको प्यानल र रामकृष्ण प्रजाको प्यानल चुनावी मैदानमा रहेका छन् ।

कालाखेतीको प्यानलबाट उपसभापतिमा भुवन नेगी ‘राजदुत’ र रामकुमार वाल्पा थिङ, सचिवमा नवराज पौडेल र कृष्ण योन्जन तथा सहसचिवमा गोपिलाल थिङ ‘प्रदीप’ र शालिकराम अधिकारी रहेका छन् । यस्तै उनको टिमबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा खुलातर्फ निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, बेलबहादुर मुक्तान, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौला रहेका छन् भने खुला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ र पद्मादेवी श्रेष्ठ, जनजातितर्फ सागर जिम्बा, निजन घलान र ठूलोकान्छा लामा, जनजाति महिलातर्फ संगीता थिङ र सीता बल, खसआर्यतर्फ जयन्ती पाठक, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसंख्यकतर्फ विनोदकुमार प्रजा उम्मेदवार रहेको छ ।

त्यस्तै प्रजाको प्यानलबाट उपसभापतिमा मुक्तिनाथ अधिकारी र राजकुमार, सचिवमा शिद्धलाल लामा र रामकृष्ण गुरुङ, सहसचिवमा राजेश अधिकारी र ज्ञानबहादुर घलान, रहेका छन् ।

प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ खुल्ला महिला तर्फ पवित्रा अर्याल, चन्द्रावती लटौला र चरिमाया नेगीको सदस्य पदका उम्मेदवार रहेको छ । पुरुषतर्फको खुल्ला सदस्य पदमा रत्न बहादुर ब्लोन, जगनाथ अधिकारी, सानुबाबु लामा(निर्मल), दिपक नगरकोटी, बलिन्द्र ब्लोन, ज्ञान बहादुर पाख्रिन र मनिकलाल रुम्बाको उम्मेदवारी रहेको छ । खसआर्यतर्फ प्रह्लाद अर्याल, आदिबासी जनजातिबाट पूरुषतर्फ टेक बहादुर पाख्रिन, मित्रलाल मुक्तान र वीर बहादुर थिङ रहेका छन् भने महिलातर्फको सदस्यमा सावित्री थिङ र जमुना गुरुङ रहेका छन् । त्यस्तै, दलिततर्फ इन्द्र विक र अल्पसंख्यकतर्फ विन्दु प्रजाको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ५४४ जना मतदाता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*