एमाले महाधिवेसन : ७ करोड ५० लाख खर्चको प्रक्षेपण
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ ।
महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।
महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौं,’ उनले भने । उनका अनुसार आठौं महाधिवेसन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो ।







