कांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क

अखबार हब
२०७८ मंसिर ३, शुक्रबार १०:३३

काठमाडौँ ।आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेद्‌वारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेद्‌वारका लागि ५ हजार शुल्क तोकेको हो ।

‘आजबाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।’

उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेद्‌वारी दिनेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेद्‌वारी दर्ता गराउन पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*