‘चितवन महाधिवेशनपछि एमाले झन् सशक्त बन्छ’: भट्टराई

अखबार हब
२०७८ मंसिर १, बुधबार १८:१३

चितवन । एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले चितवन महाधिवेशनपछि एमाले झनै सशक्त पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन प्रचार समितिले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले चितवनको दशौं राष्ट्रिय महाधिवेशनपछि एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी एक ढिक्का भएर अगाडि बढ्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘ एमाले अहिले पनि वृहत् बाम एकताको पक्षमा रहेको छ । जनताको बहुदलीय जनवाद नै एकताको मुख्य आधार हो ।’ उनले सामान रित्तिएको साना साना पसल जस्ता दल खोलेर बस्नुको औचित्य नभएको विचार राखे । उनले भने, ‘ अब देशमा माक्र्सवादी दर्शन बोक्ने पार्टीहरुको नेतृत्व एमालेले गर्ने र अर्को समूहको नेतृत्व नेपाली कांग्रेसले गर्छ ।

एमालेसँग निकट हुने दलहरु एमालेमा आउँछन् भने अन्य कांग्रेसमा जान्छन् । ’ कम्युनिस्ट दलहरुलाई एकताबद्ध गर्दै एमाले अबको चितवन महाधिवेशनपछि झनै शसक्त बन्ने छ । उनले भने ‘ माओवादीसँग भएको पार्टी एकता तोडिनु एकप्रकारको दुर्घटना हो । अब कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्दा त्यस्तो दुर्घटना हुँदैन । ’

यसमा तपाइको मत

Your email address will not be published.


*