वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण
मकवानपुर । नेकपा (माओवादी केन्द्र) निकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम झुरझुरेमा भएको छ ।
जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन(पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन पाख्रिनले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रचार विभाग प्रमुख पाख्रिनले माओवादी आन्दोलनबाट प्राप्त जनअधिकारको रक्षाका लागि वाइसीएल नेपाल बुलेट ९प्रुफ० भइ उभिनु पर्ने, जनताका शत्रुहरुले गरेको षड्यन्त्र र भ्रमलाई परास्त गर्न गाउँ गाउँबाट वाइसीएल नेपाल जाग्नुपर्ने उल्लेख गरे । वाइसीएल नेपाल बस्ती–बस्तीबाट संगठित भइ सामाजिक काममा स्वयंसेवकको भूमिकामा लाग्नुपर्ने, माओवादी देशकै ठूलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने र इमान्दारीपूर्वक जनपक्षीय काम गर्ने पार्टी माओवादी भएको उनले बताएका छन् ।
वाइसीएल नेपाल बागमती गाउँपलिका अध्यक्ष मुक्ति लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर सचिवालय सदस्य ज्ञान सागर लामा, जिल्ला सदस्य जनक पहरी, वाइसीएल बागमती प्रदेश कमिटी सदस्य बिध्र्वज थिङ, जिल्ला सदस्य सुजन पाख्रिन्, टीका श्रेष्ठ गाउँपालिका पार्टी अध्यक्ष अरुण बल, सचिवालय सदस्य बल बहादुर पाख्रिन, रहरमान थिङ, बुद्धिमान माझी, क्रान्तिकारी विद्यार्थी मकवानपुरका उपाध्यक्ष रोजल तामाङ, प्रेस सेन्टर बागमती अध्यक्ष विवेक सिन्तान लगायतको उपस्थिति रहेको थियो ।







