मुस्ताङको थासाङमा हिमपहिरो, भागदौडमा ७ घाइते

अखबार हब
२०७८ कार्तिक २८, आईतवार १४:०९

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्‍ने क्रममा ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले जानकारी दिइन् ।

पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्‍ने आशंका गरिएको उनले जानकारी दिइन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घण्टा लाग्‍ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् । घट्ना बिहान साढे १० बजेदेखि ११ बजेतिर भएको हुनसक्ने उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*