प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त

अखबार हब
२०७८ कार्तिक २६, शुक्रबार १६:५०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्वकिय सचिवको जिम्मेवारी अखिल (क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ललाई दिएको छ ।

सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको जानकारी शुक्रबार अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् ।

सचिवालयबाट हटाएर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको हो । हाल प्रचण्डको सचिवालयमा स्वकिय सचिवको रुपमा उनकै छोरी गंगा दाहाल रहेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*