जहाँ महिलाले प्रवेश पाउँदैनन् !

अखबार हब
२०७८ कार्तिक २४, बुधबार २०:२८

मकवानपुर । सामरिक महत्व बोकेको चिसापानी गढी स्थापनापछि मुलुकको राजनीतिक परिवर्तनमा उथलपुथल भइसक्दा पनि यहाँ आजसम्म महिलाले प्रवेश पाउँदैनन् ।

गढीमा रहेको कालीतोप पड्काउँदा तत्कालीन समयमा किल्ला वरपर रहेका गर्भवती महिलाहरूको गर्भमा समेत असर परेको भन्दै यहाँ महिला प्रवेशलाई निषेध गरिएको थियो । कालीतोप पनि एक पटक मात्रै पड्काएको इतिहासका जानकारहरु बताउँछन् । गढीभित्र बटुकभैरव मन्दिर छ । उक्त मन्दिरको बाहिर महिलालाई प्रवेश निषेध लेखिएको छ ।

बुढापाकाहरूको भनाइ अनुसार मन्दिर भएका कारण महिलालाई प्रवेश गर्न नदिइएको हो । मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको विषयमा जिल्ला प्रशासन कार्यालयमा यसअघि महिला अधिकारकर्मीहरूले निवेदन दिएका थिए । तर, उक्त निवेदन उपर कुनै काम, कारबाही भने नभएको बताइन्छ । मन्दिरमा महिलामात्र नभई गोरूहरूरुलाई पनि प्रवेशमा निषेध छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*