छठ मनाउन हिमानी शाह वीरगञ्जमा

अखबार हब
२०७८ कार्तिक २३, मंगलवार ११:०८

यसपटकको छठ पर्व मनाउन पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्ज पुग्नुभएको छ । हिजो काठमाडौंबाट सिमरासम्म हवाई उडानबाट त्यसतर्फ जानुभएको हो ।

हिजो र आज सिमरामा बसेर भोलि वीरगञ्जको घडिअर्वा पोखरीमा आयोजना हुने छठ पर्वमा सहभागी हुने कार्यक्रम छ ।

यता पति तथा पूर्वयुवराज पारसले भने शनिबारको भाइटीकामा काका स्वर्गीय धीरेन्द्र शाहका जेठी र कान्छी छोरीको हातबाट टीका लगाएको फोटो सार्वजनिक भएको छ । बहिनी प्रेरणाले टीका नलगाउनुको कारण खुलाइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*