हेटौंडाको बाघथलीमा लरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अखबार हब
२०७८ कार्तिक २३, मंगलवार ०९:०२

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमाहानगरपालिका वडा नम्बर–११ बाघथलीमा लरीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमाहानगरपालिका वडा नम्बर–१२ का २० बर्षीय सुशान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

ना७ख ८८१ नम्बरको लरीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*