क्याम्पसमा मनोमानी ढंगले छात्रवृति बाँडिएको अनेरास्ववियुको आरोप, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

अखबार हब
२०७८ कार्तिक ७, आईतवार १५:०६

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा मापदण्ड विपरीत छात्रवृति बाँडिएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विरोध जनाएको छ ।

क्याम्पस प्रशासनले चौथो वर्षको छात्रवृति मनोमानी ढंगले वितरण गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीले प्रशासनलाई निर्णय सच्याइ नियम अनुसार छात्रवृति वितरण गर्न माग गरेको हो ।

आइतबार (आज) एक विज्ञप्ती जारी गर्दै २४ घण्टाभित्र निर्णय सच्याइ मापदण्ड बमोजिम छात्रवृति वितरण गर्न अनेरास्ववियुले माग गरेको छ ।

क्याम्पस प्रशासनले निर्णय नसच्याएमा अनेरास्ववियुले आन्दोलनका कार्यक्रम अघि सार्ने क्याम्पस कमिटी संयोजक आशिष रौनियारले बताए । संयोजक रौनियारले क्याम्पस प्रमुख शंकर उपाध्यायको ध्यानाकर्षण गराउँदै विज्ञप्ती हस्तान्तरण गरेका छन् ।

No description available.

यसमा तपाइको मत

Your email address will not be published.


*