मउवा संघको साधारणसभा आजबाट : न्यौपाने, अग्रवाल र राउत मैदानमा

अखबार हब
२०७८ कार्तिक ७, आईतवार १०:१९

मकवानपुर । मकवानपुर उद्योग वाणिज्यको साधारणसभा आज आइतबारबाट सुरु हुँदैछ । कार्तिक ७, ८ र ९ गतेका लागि तोकिएको ५४ र ५५ औं साधारणसभा तथा निर्वाचन आजबाट सुरु गरिएको हो ।
गतवर्ष पुस मसान्तमै ५४ औं साधारणसभा सम्पन्न गर्नुपर्ने भएपनि कोरोना महामारीको दोस्रो लहरका कारण चैतपछि बैशाखमा तोकिँदा पनि निर्वाचन गर्न नसकिने भएपछि संघको बर्तमान कार्यसमितिले कार्तिकका लागि तयारी अघि बढाएको थियो । आज भर्चुअलमाध्यमबाट संघको साधारणसभा हुने र महासचिव, कोषाध्यक्षको प्रतिबेदन पेश गरिने संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

‘बर्तमानस्थितिमा पनि कोरोना संक्रमण कायम रहेको हुँदा भर्चुअलमाध्यमबाट साधारणसभा गर्ने तयारी गरिएको हो ।’ उनले भने, ‘प्रशासनको अनुरोधमा हामीले संक्रमणको जोखिमलाई मध्येनजर गर्दै निर्वाचन प्रक्रियामा पनि पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नेछौं ।’ अध्यक्ष कटुवालले ७ गते साधारणसभा, ८ गते उम्मेदवारी दर्ता, दाबीविरोध र फिर्ता र ९ गते मतदान प्रक्रिया हुने बताए ।

संघको नेतृत्वका लागि हालसम्म संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका बर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र संघका निवर्तमान महासचिव महेन्द्र राउत मैदानमा छन् । न्यौपाने र अग्रवाल प्यानलसहित आफ्नो टिम लिएर चुवानी मैदानमा उत्रिएका छन् भने, राउत एक्लै अध्यक्षका रुपमा अघि बढेका छन् । अग्रवाललले चुनावको मिति घोषणापछि दसंैअघि नै औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिसकेको छन् ।

अग्रवालले घोषणा टिममा बाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, बस्तुगत उपाध्यक्षमा काब्यमणि अधिकारी र एशोसिएसट उपाध्यक्षमा बिष्णु खनाल छन् । प्रत्येक क्षेत्रगत सदस्यहरुको नामसमेत अग्रवाल टिमले दसंैअघि नै घोषणा गरेको हो । व्यवसायीको पक्षमा निरन्तर उभिएको आफु नेतृत्वको टिमनै विजयी हुने अग्रवालको दाबी छ । सर्वपक्षीयलाई समेटेको आफ्नो टिमनै संघको नेतृत्वका लागि निरन्तर लागि परिरहेको उनले बताए ।

साधारणसभा हुनुअघि शनिबार न्यौपाने टिमले पनि प्यानल घोषणा गरेको छ । न्यौपाने टिमले क्षेत्रगत नामावली घोषणा गरेको हो । न्यौपानेको टिममा बाणिज्य तर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योग उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा राजु अधिकारी र एशोसिएसट उपाध्यक्षमा उज्वल चौलागाईं रहेका छन् । यसैगरी न्यौपानेको टिममा बाणिज्य तर्फको सदस्यहरुमा सुर्दशन खरेल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, हरिनारायण ठाकुर, माधव ज्ञवाली, राजु राउत, मनु दाहाल, नेत्रकुमारी भट्ट, उद्योग सदस्यहरुमा नरेन्द्र भण्डारी, दीपक शिवाकोटी, हरिप्रसाद ढकाल, मेनका श्रेष्ठ, ज्ञानेन्द्र बर्तौला, बस्तुगत सदस्यहरुमा तेजराज अधिकारी, अजिव भट्टराई, एशोसिएट सदस्यहरुमा नवराज खतिवडा, अशोककुमार राउत, राजु थापा, रामशरण दुलालको उम्मेदवारी रहने पक्का भएको छ ।

आफ्नो टिम मकवानपुरका उद्योगी व्यवसायीमाझ चिरपरिचित रहेको र हकहितका लागि सदैव लाग्दै आएको अध्यक्षका प्रत्यासी न्यौपानेको दाबी छ । उनले आफु यसअघि पनि सदैव व्यवसायीका लागि लाग्दै आएकोले चुनावमा जित सुनिश्चित रहेको बताए । ‘म हरेक दिनरात व्यवसायीको साथमा छु, उनीहरुको समस्या पीरमर्का समाधानमा मैले निकै सहयोग पु¥याएको छु, त्यसकारण पनि मैले पुनः संघलाई नयाँ दिशामा अघि बढाउन उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’ उनले भने ।

शनिबारनै अध्यक्षका अर्का प्रत्यासी राउतले दीपावली, छर्ठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममको आयोजना गर्दै आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् । उनले कांग्रेस हेटौंडा उपमहानगर समितिको सभापतिमा उम्मेदवारी रहेपछि संघको अध्यक्षबाट पछि हटेको हल्ला निराधार रहेको र आफु चुनावी मैदान छाडेर नभागेको उनको दाबी छ । उनले आफ्नो टिम घोषणा नगरेपनि आफु प्यानलसहित चुनावी मैदानमा होमिएको उनेको दाबी छ । हालसम्म अध्यक्षका तीनै प्रत्यासीको दाबी कायम रहेकोले संघको नेतृत्वका लागि त्रिपक्षीय भीडन्त हुने निश्चित देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*