जनकपुरमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
धनुषा । जनकपुरमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
पक्राउ गरिएका कार्यकता रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेर्न पुगेका जनमतका कार्यकतामाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेसागत संघसंस्था ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको बेला प्रहरी र सिकेका कार्यकर्ताबीच झडप भएको थियो ।







