आज पनि मान्यजनबाट दसैंको टीका र जमरा ग्रहण गरिँदै

अखबार हब
२०७८ आश्विन ३१, आईतवार ११:०१

आज पनि मान्यजनबाट दसैंको टीका र जमरा ग्रहण गरिँदै ।

नेपालीहरुको महान पर्व बडादसैंको टीका र जमरा मान्यजनको हातबाट लगाइँदैछ ।

शुक्रबार नै विजयादशमी भए पनि कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशिर्वाद लिने दिने चलन रहेको छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज पनि टीका लगाउन जाने र आशिर्वाद लिने गरिन्छ ।

बडादसैंको टीकासँगै सहरी क्षेत्रमा पनि चहल पहल बढेको छ । दसैं मनाउन गाउँघर गएकाहरु काठमाडौंलगायतका सहरी क्षेत्रमा पुनः फर्किन थालेका छन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेपनि खोप लगाउनेको संख्या बढेका कारण कडाई गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*