खोज पत्रकारिता केन्द्रमा नयाँ कार्यसमिति

अखबार हब
२०७८ आश्विन १९, मंगलवार १३:१८

काठमाडौं । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले नयाँ कार्यसमिति चयन गरेको छ।

मंगलबार ललितपुरमा सम्पन्न केन्द्रको साधारण सभाले चन्द्र किशोरको अध्यक्षतामा सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन भएका छन्।

त्यसैगरी, सदस्यहरुमा हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतम चयन भएका छन्। कार्यसमितिले थप दुई सदस्य मनोनयन गर्ने व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published.


*