पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ

अखबार हब
२०७८ आश्विन १८, सोमबार २१:२९

काठमाडौँ । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौँ ल्याएको खुलेको छ । काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*