दशैँपछि हेटौंडाको सबै सामुदायिक विद्यालय खुल्ने

अखबार हब
२०७८ आश्विन १८, सोमबार १३:४६

मकवानपुर । कोभिड– १९ माहामारीका कारण लामो समय देखि बन्द रहेको हेटौँडाका सबै सामुदायिक विद्यालय दशैँपछि खुल्ने भएको छ । हेटौंडामा रहेको ७७ वटा सामुदायिक विद्यालयमा दशैँपछि पछि भौतिक उपस्थितिमा पठनपाठन हुने भएको हो । सोमबार(आज) हेटौंडामा बसेको सामुदायिक विद्यालयको प्रअ बैठकले दशैँपछि स्वास्थ्य सावधानी अपनाएर सबै सामुदायिक विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्ने निर्णय गरेको हो ।

बैठकमा हेटौंडा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल लगायत सामुदायिक विद्यालयको प्रअहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*