मकवानपुर क्याम्पसमा झडप,एकजना घाइते

अखबार हब
२०७८ आश्विन १८, सोमबार १३:३३

मकवानपुर । बागमती प्रदेशको मुकाम हेटौँडाको मकवानपुर बहुमखी क्याम्पसमा दुई समुह बिच झडप हुँदा एक जना घाईते भएका छन् । सोमबार (आज) बिहान क्याम्पस परिसरमा दुई समूहबीच झडप हुँदा एकजना घाइते भएको हो ।

झडपमा सोही क्याम्पसको कक्षा ११ मा अध्ययन गर्ने दिवस राना घाईते भएका हुन् । हाल उनको प्रहरीको निगरानीमा हेटौडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना के कारणले भयो बाहिर नआएपनि घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीको भनाई छ ।

अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको र स्थिति सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*