१७५ किलो लागुऔषध गाँजासहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले १७५ किलो लागूऔषध गाँजासहित जिल्लाका दुई जनालाई पक्राउ गरेको हो ।
बिहीबार(आज) दिउँसो पालुङबाट वीरगंजतर्फ जाँदै गरेकोमा बिग्रीई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा मर्मत गर्दै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का २४ वर्षीय प्रशान्त कार्की रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







