संविधान दिवस मनाउन वागमती प्रदेशले बनायो मुल समारोह समिति

अखबार हब
२०७८ भाद्र २८, सोमबार ०९:०७

मकवानपुर । संविधान दिवस मनाउन वागमती प्रदेश सरकारले मुख्यमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री शाक्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय संविधान दिवस मुल आयोजक समिति गठन गरिएको हो ।

प्रदेशका मन्त्री, राज्यमन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित कार्यालयका प्रमुखहरुको सहभागितासहितको बैठकले ३ दिनसम्म विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले सरसफाई, परिसम्वाद, खेलकुद, म्यूजिकल थेरापी, रक्तदान, वृक्षरोपणलगायत कार्यक्रम गर्ने निर्णय गरेको संघीय मामिला मन्त्रालयका सचिव मदन भुजेलले जानकारी दिए ।

उनका अनुसार, ५ किलोमिटर दौड र व्याडमिन्टन प्रतियोगिता जिल्ला खेलकुद विकास समितिले समन्वय गर्ने, रक्तदानको समन्वय युवा परिषदले गर्ने, वृक्षरोपणको समन्वय वन तथा वातावरण मन्त्रालयले, म्यूजिकल थेरापीको समन्वय जिल्ला प्रहरी कार्यालयले गर्ने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*