ओखलढुंगामा जिप दुर्घटना,एक को मृत्यु,४ घाइते
ओखलढुंगा , ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीया पृथीबहादुर श्रेष्ठ रहेका छन् ।
निशंखेबाट काठमाडौँ जाँदै गरेको बा११च ५२१० नम्बरको जिप दुर्घटना भएको हो । १० जना सवार सो जिपमा ५ जना घाइते छन् । घाइतेहरुको उदयपुरको घुर्मीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।







