कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गछौँ – मन्त्री लामा

अखबार हब
२०७८ भाद्र २६, शनिबार १९:५२

मकवानपुर । वागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले पहुँचवालाको हालीमुहालीले कृषि क्षेत्रको विकास नभएको बताउँदै आफूले पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने बताए।

लामाले ठूलो व्यवसाय, मध्यम व्यवसाय र सामान्य कृषि पेशा गरिरहेका किसानको लागि छुट्टा–छुट्टै कार्यक्रम ल्याउने बताउनुभयो । किसानको वर्गिकरण गरेर सबैलाई समेट्ने गरी कार्यक्रम बनाउने आफ्नो तयारी रहेको उनले बताए ।

निश्चित व्यक्ति र संस्थालाई मात्रै हेरेर नीति तथा कार्यक्रम बनाउने परिपाटीले कृषि क्षेत्रको विकास नभएको उनको भनाइ छ ।

कृषि क्षेत्रमा दिइने अनुदान र सहकारी मार्फत जनतालाई अधिकतम लाभ दिलाउने विषयमा जनताको पक्षमा काम गर्ने मन्त्री लामाले प्रतिवद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*