नवनियुक्त मन्त्रीको सपथग्रहणमा चुल्ठेमुन्द्रे ईन,पत्रकार आउट

अखबार हब
२०७८ भाद्र २३, बुधबार १६:४८

मकवानपुर । वागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मि शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीलाई सपथ ग्रहण गराएकी छन् ।

आज २ बजे प्रदेश प्रमुखको कार्यलयमा मुख्यमन्त्री शाक्यले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियतको सपथ गराइकी हुन् । तर सपथ ग्रहण समारोहमा समाचार संकलनका लागी गएका पत्रकारहरुलाई भने प्रवेशमा रोक लगाईएको थियो ।

राजनैतिक दलका कार्यकर्तालाई सहज प्रवेश गर्न दिएको प्रदेश प्रमुखको कार्यलयमा समाचार संकलनका लागी गएका पत्रकारहरुलाई भने गेटबाट भित्र पस्न समेत बन्देज लगाईएको हो ।

पत्रकारलाई रिपोर्टिङ लागि प्रदेश प्रमुख कार्यालयमा छिर्न नदिएसँगै वागमती प्रदेशको राजधानी हेटौंडाका पत्रकारहरुले कार्यालयको मुल गेटमा क्यामेरा राखेर धर्नामा बसेका थिए ।

कार्यक्रममा पत्रकारलाई रिपोर्टिङको लागि भित्र छिर्न नदिएर व्यवसायी, राजनीतिक कार्यकर्ता लगायत अन्यलाई भित्र छिर्न दिएको प्रति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज  गौतमले घोर आपत्ति प्रकट गरेका छन् । यसबारे प्रदेश प्रमुखलाई महासंघले ध्यानकर्षण गराउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*