वागमती बन्यो देशकै पहिलो साक्षर प्रदेश
मकवानपुर । वागमती प्रदेश साक्षरता प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षरता प्रदेश घोषणा गरेकी हुन् । साक्षरता प्रदेश घोषणा सँगै वागतमी प्रदेश देशकै पहिलो साक्षरता प्रदेश भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयमा सोमबार एक कार्यक्रमका बीच मुख्यमन्त्री शाक्यले साक्षरता प्रदेश घोषणा गरेकी हुन् । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने बताए ।
यस प्रदेशमा शिक्षाको ज्योतीलाई सबैतिर फैलाउनुपर्ने वताउँदै उनले भने–‘अहिले पूर्ण साक्षर नभएपनि अब भने सत प्रशित साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्छ ।’ पहिले महिलाहरु बेलुकाको समयमा मात्र प्रौडकक्षा पढ्नुपर्ने बाध्यता रहेपनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताए ।
जिल्लास्तरबाट सबै अभियनताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिइन् । घोषणाको काम सकिएपनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने बताए ।







