कांग्रेस नगर सभापतिमा इटेनी नेतृत्वको प्यानलसहित उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेसको आज हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका सभापति पदमा उत्सब इटेनीको प्यानलनै घोषणा गरिएको छ । पत्रकार सम्मेलन गर्दै इटेनीको प्यानल घोषणा गरेका हुन् ।
इटेनी तर्फका नगर उपसभापतिमा रामकृष्ण कोइराला र डोल्मा स्याङबो, सचिवमा सविन न्यौपाने र हर्करत्न लामा, सहसचिवमा निगम श्रेष्ठ र विकास बाँनियाँ लगायतकाले उमेद्वारी दिने घोषणा गरेको हो ।
पार्टी फुट भन्दा पनि जुट्नका लागि उमेदवारी दिन लागेको सभापतिका उमेदवार इटेनीले बताए । सहमतीका लागि अन्तीम सम्म प्रयाश गरिएपनि त्यसको उपलब्धी हुन नसकेपछी उमेद्वारी दिन लागिएको उनले बताए ।
अर्का सभापतिका उम्मेदवार महेन्द्र राउतले पनि आफ्नो टिम बनाउन र प्रचारप्रसारलाई तिब्रता दिइरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षको उम्मेदवार घोषणा गरेर अघि बढेका उनलाई दुबै चुनावको प्रचारप्रसारको चाँजोपाँजो मिलाउनु पर्नेछ ।







