छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

अखबार हब
२०७८ आश्विन ७, बिहीबार १७:५४

मोरङ । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो ।

गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी परेको थियो । अदालतले पीडित किशोरीको मेडिकल रिपोर्ट, आरोपी र आरोपीकी आमाको बयानका आधारमा अभियुक्तलाई धरौटीमा छाडेको हो ।

पीडित बालिकाकी आमाका अनुसार छोरा नागरिकता बनाउन र छोरी जन्मदर्ता लिनका लागि घरमा गएका थिए । जिल्ला अदालतमा पीडितका आमा–बुबाबीच अंश र सम्बन्ध विच्छेदको मुद्दा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*