खेलकुद
क्रिकेट संघको साधारण सभा स्थगित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस जारी गर्दै आगामी हप्ता हुने भनिएको साधारणसभा स्थगित गरिएको जनाएको छ । क्यानको पछिल्लो बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो...
सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको उपाधि पाल्दमारलाई
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा सम्पन्न गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको फाइनल खेलमा पाल्दमार एफसी बिजयी भएको छ । आज भएको फाइनल खेलमा रजैया एफसीलाई पाल्दमार एफसीले १–० गोलको अन्तरले पराजित गरेको हो । पाल्दमारका लागि विनोद घलानले गरेको गोल नै जीतको लागि निर्णयक गोल...
प्रधानमन्त्री कप महिला क्रिकेटः एक खेलअगावै एपिएफ सेमिफाइनलमा
काठमाडौं । विभागीय टिम एपिएफले धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा अन्तिम चारमा स्थान बनाएको छ। सुदूरपश्चिम प्रदेशलाई ८९ रनले पराजित गर्दै विभागीय टिम एपिएफ प्रतियोगिताको एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन बनाएको...
हेटौंडा भेट्रान्स कपको उपाधि एविसी पोखरालाई
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले आफ्नो पोल्टामा पारेको छ । नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले एविसी पोखरा विजेता भएको हो । खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन...
प्रधानमन्त्री कपः प्रदेश १ को शानदार जित, कर्णाली ६ रनमै अलआउट
काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) महिला क्रिकेट प्रतियोगितामा प्रदेश नंं १ ले शानदार जित हात पारेको छ ।उदघाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गर्दै प्रदेश नं १ ले शानदार जित हात पारेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा...
हेटौंडा भेट्रान्स कप : एबीसी,बानेश्वर र जोरपाटी भेट्रान्स सेमिफाईनल प्रबेश
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज(बिहिबार) २ क्वाटरफाईनल र एउटा समुह चरणको खेलहरु भएका छन् । आज भएको पहिलो क्वाटरफाईनल खेलमा एबीसी भेट्रान्स पोखराले चितवन भेट्रान्सलाई ५–० गोल अन्तरमा पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको छ...
ए डिभिजन लिगमा फ्रेण्ड्समाथि मनाङको जित
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गरेको छ । यस सिजन तेस्रो जित हात पारेको मनाङ अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि विदेशी खेलाडी ओलावाले आफिज र दिनेश राजवंशीले गोल...
‘ए’ डिभिजनमा आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै
काठमाडौँ । सहिद स्मारक लिग ‘ए’डिभिजन लिग फुटबल अन्तर्गत आजदेखि चौथो चरणका खेलहरु सुरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । ३ खेलमा अपराजित मनाङ ७ अंकका साथ अकंतालिकाको तेस्रो स्थानमा...
अन्तरपालिका फुटबल प्रतियोगिताः हेटौँडा फाइनलमा
मकवानपुर । हेटौँडामा जारी प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका विजयी भएको छ । हेटौंडा ४ स्थित हुप्रचौर खेल मैदानमा भएको सेमिफाइनलको दोस्रो खेलमा हेटौँडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलमा हेटौँडा उपमहानगरपालिकाको बिनोद घलान २ गोल गरेका हुन् भने मनोज लामाले १...
टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा
काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको...










