खेलकुद

भोलिदेखि हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता

मकवानपुर । हेटौंडामा खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । स्वःकेशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौँडामा भोलि(मंगलबार) देखि खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो । आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।...

हेटौंडा मेयर कप बुद्धिचाल प्रतियोगिता भोलि बाट, प्रथम पुरस्कार १ लाख

मकवानपुर । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि शुक्रबारदेखि हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । हेटौंडा चेस क्लब, मकवानपुर जिल्ला बुद्धिचाल संघ र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता हुन...

क्रिकेटमा नेपालको अभूतपूर्व फड्को, अब भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौँ । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको...

मकवानपुर ११ को विजयी सुरुवात

मकवानपुर । हेटौंडामा सुरु भएको पाँचौ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा घरेलु टिम मकवानपुर ११ ले विजयी यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा मकवानपुरले छिमेकी जिल्ला बाराको नवजनजागृति क्लव सिमरालाई २–० ले हराएको हो । मकवानपुरका लागि प्रितम स्याङ्बो र फागुराम चौधरीले गोल गरेका हुन् । खेलमा...

भूटनदेवी मावि १३८ रनले बिजयी

मकवानपुर। हेटौंडा ४ हुप्रचौरमा जारी निरज श्रेष्ठ स्मृति जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा भूटनदेवी मावि बिजयी भएको छ । आज शनिवार बिहान भएको खेलमा नवोदय शिशु सदनलाई १३८ रनले हराउँदै भूटनदेवीले जित पक्का गरेको हो । भूटनदेवी माविले २० ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाउन सफल भएको...

नवौं राष्ट्रिय खेलकुद : दाजुभाइले जिते अन्तिम दिन स्वर्ण

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्। पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। नवौँ राष्ट्रिय खेलमा उनको...

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन आज

कास्की । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन् । उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए...

मोर्डन युथ ‘बी’ को विजयी सुरुवात

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा आज भएको दोस्रो खेलमा मोर्डन युथ क्लब ‘बी’ले जित हात पारेको छ । मनहरी– ३ स्थित सिद्धकाली चौरमा जनसिद्धि युवा क्लव सिद्धकालिको आयोजनामा भएकोे खेलमा जन आदर्श क्लब ‘बी’ मनहरी ३ डोठे लाई १–२ गोल अन्तरले पराजित गर्दै...

अन्जनको ह्याट्रिकमा नेपालको सानदार जित

काठमाडौँ । अन्जन विष्टले गरेको ह्याट्रिकको मद्दतले नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बांग्लादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक व्यक्तिगत उपलब्धिसमेत चुमेका छन् । नेपालका लागि यो छैटौं ह्याट्रिक हो । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास...

बंगलादेशविरुद्ध पहिलो हाफमै अञ्जनको ‘ह्याट्रिक’

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गोलले अग्रता लिएको छ। दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ चलिरहँदा नेपाल तीन–शून्यले अघि छ। नेपालका लागि तीनै गोल अञ्जन विष्टले गरेका छन्। उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका हुन्।