समाचार
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड डलर सहयोग गर्ने
फागुन । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेको थियो । अमेरिकाका विदेशमन्त्री एन्टोनी...
न्यादी जलविद्युत आयोजनाले जेठदेखि विद्युत् उत्पादन थाल्ने
काठमाडौं । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका...
नेपालमै मल कारखाना खोल्ने तयारी, सरकार छलफलमा
चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै उनले किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन्। “धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु...
सेयर बजार २६३६.६८ अंक पुग्यो नेप्से, ८ अर्ब ७६ करोडको कारोबार
काठमाडौं । सेयर बजार बढ्ने क्रम बिहिबार पनि रोकिएन र नेप्से २६३६.६८ अंक पुगेको छ । बिहिबार परिसूचक २३५.२३ अंकले बढेको हो । यो दिन २०६ कम्पनीको एक करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५...
भारतको साँढे २६ करोडअनुदानमा बन्ने भयो विद्यालय
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेका छन्। कागेश्वरी नगरपालिका-५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय...
बीमा पोलिसी धितो राखेर बैंकबाट ऋण लिन रोक, बीमा समितिले राष्ट्र बैंकलाई पठायो पत्र
काठमाडौं । बीमा समितिले बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएको छ । समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले कार्यभार सम्हालेको एक हप्ता नाघ्ने वित्तिकै बीमा पोलिसी धितोमा राखेर बैंकबाट ऋण लिन रोक लगाएका हुन् । समितिले फागुन ५ गते बुधबारका दिन राष्ट्र बैंकलाई पत्र लेखेर...
१० अर्बको पूर्वाधार कम्पनीलाई १५० करोड जुट्यो, एनआरएनलाई ८ अर्ब ५० करोडको आईपीओ
काठमाडौं । एनआरएनहरुको अगुवाईमा गठन हुने १० अर्बको पूर्वाधार कम्पनीका लागि एक अर्ब ५० करोडको लगानी प्रतिवद्धता प्राप्त भएको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामिछाने, वर्तमान अध्यक्ष कुमार पन्त लगायतले पूर्वाधार कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको कम्पनीका वित्तिय...
अन्तत: एक वर्ष थपियो कोरोना प्रभावित हाइड्रोपावरको लाइसेन्सको म्याद
काठमाडौं । सरकारले कोभिड १९ प्रभावित जलविद्युत आयोजनाको म्याद १ वर्ष थप्ने भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रीस्तरको बैठकले यस्तो निर्णय गरेको हो । सोही निर्णयअनुसार विद्युत विकास विभागले निवदेन मागेको छ । म्याद थप गर्दा ५० वर्ष ननाघ्ने अवस्थाका जलविद्युत आयोजनालाई मात्रै अनुमति पत्र...
रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलाइ, लाभांशको पत्तो छैन्
रसुवा । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ । जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गते देखि देश छोडी हिँडेका कारण विद्युत् उत्पादनका उपकरण जडानको कार्य ठप्प भएको हो ।...
चार वर्षदेखि सम्पर्कमा नआएका संसद्का कर्मचारी अधिकारी बर्खास्त
काठमाडौं । चार वर्षदेखि सम्पर्कमा नआएका संसद् सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरिएको छ । संसद् सचिवालयमा नायब माइक सञ्चालक पदमा रहेका प्रलाद अधिकारीलाई कारबाही गरेको हो । २०७३ माघ २५ देखि कुनै पनि बिदा स्वीकृत नगराई उनी सचिवालयमा अनुपस्थित रहँदै आएका छन् । बिना जानकारी बिदा बस्ने कर्मचारीलाई गयल...










