समाज/राजनीति

नेकपा विवाद छिट्टै टुंगीन्छः निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन...

मैले एमसीसी पास हुन्छ भनेको छैन-झलनाथ खनाल

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता झलनाथ खनालले आफुले संसद् पुनस्स्थापना भएपछि दिएको कुनैपनि अन्तर्वार्तामा एमसीसी सदनबाट पारित गरिन्छ भनेर नभनेको बताएका छन् । केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ स् झलनाथ खनाल भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको...

छत्तीस जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका...

फागुन २३ गते डाकियो संसद अधिवेशन, अविश्वास प्रस्ताव आए पुनः ससंद बिघटन !

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधी सभाको अधिवेशन आवहान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै फागुन २३ गतेका लागि अधिवेशन बोलाउने निर्णय गरि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री ओलको रिफारिसमा राष्ट्रपछि विद्यादेवी भण्डारीले पुस ५ गते...

चन्दनबारी केन्द्रले चिज उत्पादन घटायो

काठमाडौं । चौँरीगाईको दूधबाट उत्पादित चिजको खपतमा कमी आएको छ । कोभिड–१९ सङ्क्रमण बढेसँगै गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीको चिज उत्पादन केन्द्रमा चौँरीगाईको दूधबाट उत्पादन हुने चिज अत्यन्तै न्यूनरूपले खपत भएका कारण उत्पादनसमेत घटाइएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख छत्रबहादुर तामाङका अनुसार गत वर्षको तुलनामा यस वर्षको उत्पादन ५० प्रतिशतले...

औषधि विभागका अधिकृत घुससहित पक्राउ, जागिर चट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर–३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कारवाही...

कांग्रेस यो पाँच वर्ष सरकारमा जानु हुँदैन- सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले तीन करोडको लागतमा सञ्चालनमा ल्याएको फिटनेश सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले प्रतिपक्षमै बस्ने जनादेश भएकाले कांग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने...

घुस लिँदा लिँदै शसस्त्र प्रहरीका हाकिम रंगे हात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग...

३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३१ जना सहसचिवहरुको सरुवा गरेको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक बन्ने चर्चामा रहेका राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय सरुवा भएका छन् । सम्पति सुद्धिकरण विभागका महानिर्देशक रुप...

पक्राउ परे दुई फरार अभियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मङ्सिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश...