समाज/राजनीति
माधव-प्रचण्ड समुहका केन्द्रिय सदस्य नागरिकतासहित निर्वाचन आयोग जाने
काठमाडौं । नेकपाको बहुमत पक्ष अर्थात माधव नेपाल प्रचण्ड समुहका केन्द्रिय सदस्यहरु नागरिकतासहित निर्वाचन आयोग जाने भएका छन् । पार्टी केन्द्रिय कमिटीको बैठकमा शिर्ष नेताहरुले केहि दिनभित्रै नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गर्न निर्देशन दिएको एक केन्द्रिय सदस्यले बताए । ‘हामीलाई नागरिकतासहित निर्वाचन आयोग जान तयारी अवस्थामा रहन भनिएको...
नेकपा विवाद छिटो टुङग्याउन निर्वाचन आयोगका पूर्वप्रमुखहरुको अपिल
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् ।...
एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्नुसः वन पैदावर व्यवसायी
काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले एक अर्ब घुस अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न वनमन्त्री प्रेमबहादुर आलेलाई चुनौती दिएको छ । “वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न लेनदेनको कुरा भएको भए निजको नाम सार्वजनिक गर्न अनुरोध गर्दछौं, त्यस्तो गर्नेलाई नियमअनुसार कडा कारबाही गर्न पनि...
म प्रधानमन्त्री बन्दा काँग्रेसलाई फाइदा हुन्छ-देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको...
भट्टामा जिउँदै मानिस जलाएको अभियोग झुटो हो, आलमलाई छुटाउने प्रयास हुँदैछ: सभापति देउवा
रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै आलमलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका...
तिव्ररुपमा अरनिको मोड-सुधार हुँदै, राजमार्गको स्तर उन्नती समेत हुने
काठमाडौं । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मोड-सुधार गरिरहेको छ । राजमार्ग दायाँबायाँका विभिन्न स्थानमा समेत सर्भिस ट्र्याक खोल्न प्रक्रिया थालिएको छ । हाल धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर सडकखण्डको १३ स्थानमा मोड-सुधारको काम भइरहेको कार्यालयप्रमुख डिभिजन इन्जिनीयर सुमन योगेशले जानकारी दिए । योगेशले १ करोड...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध विद्यार्थीको मसाल जुलुस
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा विद्यार्थीहरुले राजधानीमा मसाल जुलुस निकालेका छन् । नेकपा माधव प्रचण्ड समुहका विद्यार्थीहरुले भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । उनीहरुले इन्धनको मूल्य पटक पटक वृद्धि गरेर सरकारले सांसद खरिद बिक्रिका लागि श्रोतको जोहो गरेको आरोप लगाएका थिए ।...
मार्सी खुवाउने दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री ओलीको घोषणा
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् । उनले बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताए । उनले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिए । प्रधानमन्त्री ओलीले दुर्गा...
नेकपाको एकता सम्भव छैन : महेश बस्नेत
काठमाडौं । नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजीत कार्यक्रममा उनले तत्कालै नेकपा एकताको सम्भावना नरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाई...
पार्टी आधिकारिकताका सबै प्रमाण हामीसँगै छः नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने नेपालको धारणा रहेको छ । नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै...










