समाज/राजनीति
९५ हजार घुस खाने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९५ हजार रुपैयाँ घुस लिने इञ्जिनियर र लेखा अधिकृत विरुद्ध बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले धादिङ जिल्लाको गंगा जमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्की विरुद्ध मुद्धा हालेको हो । इञ्जिनियर पुजा कार्कीले ठेक्का सम्झौता...
आठ वर्षमा चार पटक म्याद थप हुँदा समेत बनेन सर्लाही र रौतहट जेड्ने वाग्मती पुल
सर्लाही । जिल्लालाई रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य अलपत्र भएको हो । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ ।...
अझै छुटेनन् विप्लवका कर्यकर्ता
संखुवासभा । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा हुनुहुन्छ । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय...
मानसरोवर कैलाश दर्शनले बढायो हुम्लामा पर्यटक
हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन ।...
किसानलाई मकैको बीउ उत्पादनसम्बन्धी तालीम
चितवन । वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए । वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर...
दैनिक २० घण्टा लोडसेडिङको मार !
काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुनसकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक...
सके ओलीलाई जोगाउने, नत्र माधव नेपाल प्रधानमन्त्री
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ । पार्टी भित्रै बामपन्थी सरकार जोगाउनुपर्ने धारणा उठेपछि बरिष्ठ नेता नेपाल प्रधानमन्त्री बन्ने सम्भावना बढेको हो । सके ओली नेतृत्वको सरकार जोगाउने त्यो सम्भव नभए नेपाललाई अघि सार्न सकिने सम्भावना बारे छलफल अघि बढेको...
नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने
काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक...
चैत दोश्रो हप्तादेखि काठमाडौंमा मेलम्चीको पानी, दैनिक आउँछ धारा
काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण...
हावाहुरीको मौसममा बत्ति आउने/जाने भइरहन्छः प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीको मौसममा बत्ति आउने जाने भैरहने बताएको छ । प्राकिरणका प्रवक्ता मदन तिम्सिनाले बत्ति आउने जाने भइरहने तर लोडसेडिङ भने नहुने बताए । ‘हावाहुरीको मौसम छ, चट्याङ पर्नेदेखि लाइनमा रुढ ढलेर पनि समस्या हुन्छ तर त्यो लोड सेडिङ भने होइन’, प्राधिकरणका प्रवक्ता तिम्सिनाले सिंहदरबारसँग...










