समाज/राजनीति
दुई हजार हेक्टरमा डढेलोः धुवाँले आँखा पोल्ने समस्या
नवलपुर । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ । नवलपुरका अहिले करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए ।...
मार्सी धानको खेती शुरु, कसरी गरिन्छ त मार्सी खेती
जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर...
नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ मुद्दा दर्ता
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा...
वन डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट, थप विवरण आउन बाँकी
भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर...
स्वास्थ्य बीमा बोर्डले भुक्तानी नगर्दा दुर्गमका अस्पताललाई सास्ती, नागरिकले औषधी पाएनन्
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत...
केपी ओलीलाई माधव नेपालको प्रति प्रश्नः बिगार्ने तपाई, स्पष्टीकरण मैले दिनुपर्ने ?
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमारले पार्टी अध्यक्ष केपी ओलीलाई प्रति प्रश्न गर्दै जवाफ लेखेका छन् । बरिष्ठ नेता नेपालले ओलीलाई पत्र लेख्दै ‘बिगार्ने तपाई स्पष्टीकरण मैले दिनु पर्ने ?’ भन्दै प्रति प्रश्न गरेका हुन् । १३ बुँदे जवाफमा नेता नेपालले ओलीले राष्ट्रिय अर्थतन्त्रलाई धारासायी...
थारु समुदायको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछौँ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिए । माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे...
ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु, १० नाउर र ५ झारललाई मार्न पाइने
काठमाडौं । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन...
अनेरास्ववियुको अध्यक्ष बने सुदेश पराजुली, अरु को को आए नेतृत्वमा ?
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् । चैत १० गते आयोजीत राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । अनेरास्ववियुको सह अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् । उपाध्यक्षहरुमा...
भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता
बिरगञ्ज । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले...








