समाज/राजनीति
नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी...
गोठमै पसेर हिउँ चितुवाले मार्यो ५० च्याङ्ग्रा
डोल्पा । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन् । उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको...
बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढेको जानकारी पाएको छुः दुर्गा प्रसाई
प्रस्तावित ‘बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’ले चिकित्साशास्त्रको स्नातक तह ९एमबिबिएस० का लागि छिटो सम्बन्धन प्रदान गर्न र सिट सङ्ख्यासमेत निर्धारण गरिदिन सरकारसँग पुनः माग गरेको छ । ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार झापा विर्तामोडस्थित सो कलेजले सम्बन्धन प्रदान गर्न काठमाडौँ...
दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकारः महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । पत्रकारसँगको भेटमा उनले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । उनले भने, “माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा...
युवा संघको राष्ट्रिय भेला चैत ७ गते, नयाँ नेतृत्व छान्ने
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल निकट युवा संघले चैत ७ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने भेलाले नयाँ कार्य समिति चयन गर्नेछ । संघले महासचिव नरेश शाहीको नेतृत्वमा भेला आयोजक समिति बनाएको छ ।...
महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा
काठामाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र...
माधव नेपाल पक्षको राष्ट्रिय भेला सकियो, यस्ता छन् १७ बुँदे घोषणा पत्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । भेलाले पार्टी विधान विपरित विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर र परिवर्तन तथा पार्टी सदस्यसमेत नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने गत फागुन २८...
एमाले फुट्दैन, हिम्मत हुनेले कारवाही गरुनः माधव नेपाल
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमारले पार्टी नफुट्ने घोषणा गरेका छन् । राजधानीमा आयोजीत दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको अन्तिम दिन सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता नेपालले पार्टी कुनै पनि हालतमा नफुट्ने बताएका हुन् । उनले आफुहरुले पार्टी नफुटाउने र ओलीसँग हिम्मत भए कारवाही गरेर...
बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार भत्ता
नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित...
होटलमा आगलागी पाँच लाख क्षति
कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले...










