स्वास्थ्य

सिद्धार्थ माविको स्वर्ण महोत्सवमा ९५० जनाको आँखा जाँच

हेटौँडा। हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरेको छ । स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा बिहीबार र शुक्रबार भएको निःशुल्क आँखा शिविरमा ९५० जना विद्यार्थीको आँखा जाँच गरिएको छ...

निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको नि:शुल्क उपचार

बारा । बाराको निजगढमा मोतियाबिन्दुका एक हजारभन्दा बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शुक्रबार भएको शल्यक्रियाका लागि अस्पतालले केही दिनअघिदेखि बारा, पर्सा, रौतहट र सर्लाहीका ग्रामीण क्षेत्रमा पुगेर आँखा शिविर सञ्चालन गरेको थियो । ती शिविरमार्फत ६ हजार ५ सय जनाको आँखा परीक्षण गरिएको र १ हजार ६...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा डा.सापकोटा

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो । मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट...

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुँदै

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सङ्क्रमण रोगहरुको शुक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफसँगको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत गाउँपालिकाभित्र ५२ प्रकारका सङ्क्रमण रोगहरूको सुक्ष्म निगरानी हुनेछ । नेपाल सरकारले तोकेको ५२ प्रकारको महामारीजन्य संक्रामक रोगको लक्षण देखिएमा तत्काल...

एमबीबीएस पढाउन ५० सिट स्वीकृति, हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा अघि बढ्दै

हेटौंडा । मकवानपुरको हेटौंडा स्वास्थ्य शिक्षाको हबको दिशामा अगाडि बढेको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस (MBBS) पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ। यो स्वीकृतिले प्रदेशमा मात्र नभई मुलुकको स्वास्थ्य शिक्षा क्षेत्रमा हेटौंडाको नामलाई फैलाउन मद्दत हुने देखीएको छ...

हेटौँडामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास

हेटौँडा।मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १७ हटियामा प्रदेश स्तरिय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा बन्न लागेको अस्पतालको मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले शिलान्यास गरेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने यस आयोजना अन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभाग, कर्मचारी...

हेटौंडामा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन सञ्चालन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भवन सञ्चालनमा आएको छ । नवनिर्मित भवनको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार उद्घाटन गरे । प्रदेश सरकारको करिब साढे ७ करोडको लगानीमा भवन निर्माण गरिएको हो । मन्त्री थापाले प्रदेश सरकारको प्राथमिकतामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रवर्द्धनका...

मकवानपुरको दुर्गम गाउँमा बन्यो आयुर्वेद औषधालय भवन

हेटौंडा । मकवानपुरको दुर्गम गाउँमा निर्मित आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ । राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्माण गरिएको आयुर्वेद औषधालय भवनको मंगलबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमका रूपमा चिनाउँदै यसले...

थाहा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

थाहा । थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार थाहा नगरपालिकामा एक कार्यक्रम बीच थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले पालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार सबै प्रक्रिया पुरा गरेकोले पूर्ण खोप सुनिश्चितता पालिका...

बागमतीमा औलो रोगको बिरामी कति ?

हेटौंडा । बागमती प्रदेशमा औलोका बिरामीको संख्या ९१ पुगेको छ । औलो संक्रमितको संख्या बागमती प्रदेशका जिल्लाहरुमा ९१ जना रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । औलो रणनीतिक योजना २०२५।२०३० अनुसार नेपाललाई सन् २०३० सम्म औलो मुक्त राष्ट्र बनाउने लक्ष्य रहेको छ। सोही अनुसार औलो...