अर्थ समाचार
विदेशीने नेपाली ७७ प्रतिशतले घटे, नेपाल आउने रेमिटेन्स ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीहरुको संख्यामा ठूलो मात्रामा घटेको छ । तर विदेशमा रहेका नेपालीहरुले वैधानिक माध्यमबाट पठाउने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्स ११.१ प्रतिशतले बढेको छ । ६ महिनाको तथ्यांक अनुसार पुस...
बक्यौता नतिर्ने ११ हवाई कम्पनीलाई ३० दिने अल्टिमेटम, कुन कम्पनीले कति तिर्न बाँकी ?
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ११ वटा हवाई कम्पनीहरुलाई बाँकी बक्यौता रकम ३० दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर आगामी ३० दिन भित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणका अनुसार ११ वटा कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता...
आर्थिक वृद्धिदर सोचे जस्तो हुने अवस्था छैन्ः उपाध्यक्ष कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले चालु आर्थिक वर्षमा सोचे जस्तो आर्थिक वृद्धिदर प्राप्त गर्न मुस्किल भएको बताएका छन् । सरकारले चालु आर्थिक वर्षमा तोकिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने उपाध्यक्ष कँडेलले बताएका हुन् । दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६ (२०१९ प्रतिवेदन...
पूर्वी नाका खुकुलो, काँकडभिट्टाबाट समेत आवतजावतमा सहज
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी,...
उद्यमशिलताको बाटोमा महिलाहरु, बढाउँदै ठूला व्यवसायीक क्षेत्रमा लगानी
भक्तपुर । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को शनिबार पूर्वमन्त्री...
एक वर्षदेखि तलब नपाएपछि भेरि बबई आयोजनाका कर्मचारी आन्दोलनमा, काम रोकियो
काठमाडौं । भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् ।...
भारतपछि चीनले पाँच लाख डोज कोरोना खोप अनुदानमा दिँदै
काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच भएको टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्रीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने सहमति बनेको हो । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज...
पोखराबासीको प्यास मेटाउने मदीखोला खानेपानी आयोजनाको काम, पाँच अर्ब लगानी
पोखरा। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना लगानीका हिसाबले देशकै दोस्रो ठूलो हो। बन्दाबन्दीपछि ठप्प कामले यतिबेला पुनः तीव्रता पाएको छ। कोरोनापछिको दुई...
नेपाली उत्पादनको ब्राण्डिङ गर्ने वित्तिकै पहिचान बन्छः गोल्यान
काठमाडौं । नेपाली उत्पादनको गर्न ब्राण्डिङ गर्न आवश्यक भएको उद्यमी व्यवसायीहरूले बताएका छन् । नेपाल तयारी पोशाक उत्पादक संघले शनिबार आयोजना गरेको कार्यक्रममा उद्यमी तथा बैकर्स पवन गोल्यानले नेपाली उत्पादनको ब्राण्डिङ गर्न आवश्यक भएको बताएका हुन् । ‘तपाईहरूले उत्पादन गरेको कपडाको ब्राण्डिङ गर्नुस् त्यसपछि स्थापित भइ हाल्छ,’ उनले भने...
भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन – ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न...










