अर्थ समाचार

हिमालयनको दुबई उडान फेरि सुरु, सातामा तीनपल्ट उड्ने तालीका

काठमाडौं । हिमालयन एअरलाइन्सको दुबई उडान फेरि सुरु गरेको छ । कोभिडका कारण दुबई उडान अवरुद्ध बनेको थियो । दुबइ उडान सातामा तीनपल्ट हुनेछ । हिमालयको दुबई उडान २०१७ अप्रिलमा सुरु भएको थियो । यूएईले कोभिडका कारण उडान रोकेको थियो । दुबई उडान हरेक सोमबार, मंगलबार र बिहीबार हुनेछ...

सिथिल भएको व्यवसाय पुनरुत्थानमा सहयोग गर्ने मौद्रिक नीतिः परिसंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई परिसंघले स्वागत गरेको छ । मौद्रिक नीतिले कोभिड–१९ ले सिथिल बनाएको अर्थतन्त्र, उद्योग व्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने परिसंघको धारणा छ । अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको परिसंघले बुझेको छ...

घट्यो उखु उत्पादन, चिनी मिललाई उखुको अभाव

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा...

असार भित्रै सामाजिक सुरक्षा कोषमा पाँच लाख श्रमिक जोडिने, यस्ता छन् आकर्षक सुविधा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्रै पाँच लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । कोषमा हालसम्म १३ हजार २ सय ८ कम्पनीका एक लाख ८९ हजार २ सय ३४ जना श्रमि श्रमिक तथा कामदार आवद्ध छन् । सरकारले करार तथा ज्यालादारी ५० हजार कर्मचारीलाई केहि समयभित्रै...

श्रम स्वीकृति लिएरै नेपालमा काम गरिरहेका छन् १२९७ विदेशी कामदार

काठमाडौं । नेपालमा एक हजार २ सय ९७ जना विदेशी नागरिकले श्रम स्वीकृति लिएरै काम गरिरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आवको पुस मसान्त अवधीमा ५ सय ४ जना विदेशी नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै ७ सय ९३...

सरकारले वन तथा वातावरण क्षेत्रबाटमात्रै उठायो ११ अर्ब ६५ करोड ९१ लाख राजस्व

काठमाडाैं । सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा...

विद्युत वितरण प्रणालीकाे सुदृणीकरण हुन्छ, विद्युत बिक्रीका लागि बजार खोज्छु- कार्यकारी निर्देशक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदभार सम्हालेका छन् । शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदभार सम्हालेका हुन । पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण...

भारतीयको मनोमानीले बिकेन किसानको अदुवा, कहाँ छ कृषक मैत्री सरकार?

तनहुँ । किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् ।उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको...

आयातित गुलाफले भ्यालेनटाइन डे मनाइदै, छैन स्थानीय उत्पादन

  पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको...

एक सय दिनको रोजगारी चाहियो ? फागुनभित्रै जानुस् आफ्नो स्थानीय तहमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि फागुन १ गतेदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । सूचीकृत बेरोजगारले प्रधानमन्त्री...