नेकपा एसको राजनीतिक प्रतिवेदन : नेकपा एमाले मुख्य दुश्मन (पूर्णपाठ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ । केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।
नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ । अर्कोतर्फ वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।
यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् पुर्ण पाठ …
Pratiwedan of com.Madhavkumar Nepal







