विकासका काममा सिण्डिकेट भएको भन्दै स्वतन्त्र युवा समुह मकवानपुरको ध्यानाकर्षण
मकवानपुर । स्वतन्त्र युवा समुह हेडौँडा ९ मकवानपुरका युवाहरुले वडामा भएका विकास निर्माणका काममा सिण्डिकेट भएको भन्दै वडा अध्यक्षलाई ध्यानाकर्षण गराएका छन् ।
सिण्डिकेट बनाए ठेक्का पट्टादेखि खेलकुद सम्मका बजेट मकवानपुर बेरोजगार समुहलाई मात्र दिने गरेको र त्यस्ता व्यक्ति र संस्थाले आर्थिक हिनामिना गर्ने गरेको स्वतन्त्र युवा समुहका संयोजक हेलिस मोक्तानले बताए ।
त्यस्तै वडामा खेल जगत नबुझेको व्यत्तिलाई राजनितिक आस्थाको आधारमा नेतृत्व दिने गरेको समुहले ध्यानाकर्षण पत्र मार्फत आरोप लगाएको छ ।
विगत तिन वर्ष देखि युवाहरुलाई खेल खेलाउने कार्य नामको मात्र देखिएको व्यावस्थापन फितलो रहेको,तोकिएको रकम पुरस्कार नदिई विभिन्न बाहाना बनाएर कम पुरस्कार दिने गरेको समुहले पत्र मार्फत आरोप लगाएको छ ।







