जेठ २ मै फर्कियो एमाले थाहानगर

अखबार हब
२०७८ आश्विन ३, आईतवार १७:५९

मकवानपुर । पार्टीको केन्द्रीय निर्णयबमोजिम नेकपा एमाले थाहा नगर २०७५ जेठमै फर्किएको छ । सोही संरचनाअनुसार आइतबार एमाले थाहानगरको बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धरले बताए ।

२ जेठ २०७५ अघि संयोजक रहेका विष्णुप्रसाद ढकालको अध्यक्षतामा शनिबार एमाले थाहा नगरकमिटीको बैठक बसेको हो । एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको बैठकले अच्युत्तमप्रसाद ढकालको संयोजकत्वमा ७५ सदस्यीय नगर अधिवेशन आयोजक समिति गठन गरेको छ । यसअघि संरचनामा रहेको एमाले थाहा नगर कमिटीलाई नै नगर अधिवेशन आयोजक कमिटीको रुपमा घोषणा गरिएको एमालेले जनाएको छ ।

नगर अधिवेशन आयोजक कमिटीको सचिबमा कुमार नेगी चयन भएका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका विष्णुप्रसाद ढकालले नगर कमिटीको घोषणा गरेका थिए । सो कमिटीले आगामी ९ कात्तिकमा नगरअधिवेशन सम्पन्न गर्नेछ । वडा अधिवेशन भने ६ कात्तिकमा तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*