निवर्तमान मुख्यमन्त्री पौडेलको सम्पर्क कार्यालय स्थापना
मकवानपुर । वागमती प्रदेशको निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरिएको छ । वागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री पौडेलले राजधानीको केन्द्रमा पर्ने र निजी निवास टाढा भएकोले हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन् । कार्यालयमा नियमित पत्रकार प्रकाश दाहाल रहने छन् ।
पौडेलले जनतासँगको सम्बन्ध सहज होस् भनेर कार्यालयको स्थापना भएको प्रतिक्रिया दिए । कार्यालयमा प्रदेशको राज्यमन्त्री जुनेली श्रेष्ठलगायत एमाले नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।







