त्रिविका क्याम्पसमा भौतिक रूपमा कक्षा सञ्चालन

अखबार हब
२०७८ आश्विन १, शुक्रबार ०८:३४

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालनको व्यवस्था गर्न आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरी अहिले अनलाइन कक्षा सञ्चालन गरिरहेका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको वातावरण बनाउन आग्रह गरेको हो ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सम्भव भएसम्म १ असोजदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सर्कुलर गरेका छन् । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाएर र स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन गर्न त्रिविले आग्रह गरेको छ । भौतिक उपस्थितिमा कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदुले निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*