फोटो पत्रकार समुह मकवानपुरमा नयाँ नेतृत्व

अखबार हब
२०७८ भाद्र ३०, बुधबार १८:५९

मकवानपुर । फोटो पत्रकार समुह मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ । आज(बुधबार) हेटौँडामा भएको समुहको दोस्रो सधारण सभाले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा बिजय पौडेल, सचिवमा बलराम पुडासैनि,कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्जवल अधिकारीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा मिना श्रेष्ठ , सुसन लामिछाने, बिक्रम बाँनिया,राजन कटुवाल,दिल बहादुर लामा र अनिश चौलागाईलाई सर्वसम्मत चयन गरेको हो ।

फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा सम्पन्न अधिवेशनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ वागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, फोटो पत्रकार समूह वागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*