चितवनमा करेन्ट लागेर एकजनाको मृत्यु

अखबार हब
२०७८ भाद्र २९, मंगलवार १७:०९

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने भारत बिहार घर भएका ४१ वर्षीय रमेश सहनीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरस्थित युबराज ढकालको घरमा ढलालको काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घइते भएका सहनीको नारायणी सामुदायिक अस्पताल चितवन भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*