हामी पनि आयौँ है !
अहिलेको समय डिजिटल जमानाको पत्रकारिताको समय हो । त्यसैले नेपाली मिडिया जगतमा आजदेखी हामी पनि डिजिटल पत्रकारिता सहित तपाईहरु माझ आएका छौँ । अलि भिन्न शैलि र प्रस्तुती सहित आजबाट अखबारहब आम दर्शक,पाठक र श्रोता विच आएको छ । हामी परम्परागत ढाँचाको र सहज होईन नयाँ पन सहित जीवन्तर पत्रकारीतको अभ्यास गर्ने प्रयास गरीरहेका छौँ ।
विश्वको बदलिदो मिडिया ट्रेन्डअनुसार अखबार हवले तपाईंहरुको चाहनाअनुसार नै मल्टिमिडिया प्लेटफर्मको रुपमा काम गर्नेछ । अझ भनौँ–रेडियो, टेलिभिजन र अनलाइनको वैकल्पिक मिडियाका रुपमा हामी मूलत : ‘भिडियो न्यूज पोर्टल’ को रुपमा आम पाठक, स्रोता र दर्शकसँगै हुनेछौं ।
यसको मतलब यो होइन कि हामी शब्दमा काम गर्देनौँ । यस प्लेटर्फममा हामी करिब ४० प्रतिशन भिडियोमा र ६० प्रतिशत शब्दमा काम गर्ने छौँ । हामी शब्द र भिडियोमा पुलको भूमिकामा रहेर काम गर्ने छौँ, निकट भविष्यमै तपाईंले नै यसको मुल्यांकन गर्न सक्नुहुनेछ । तपाईंहरुको हात–हातमा रहेका स्मार्ट फोनमा हामी धेरैभन्दा धेरै देखिनेछौँ । सबै उमेर समूह तथा पेशा–व्यावसायका व्यक्तिका लागि हामी साथी बन्नेछौं ।
समाचार, विचार र विश्लेषण पस्कने हाम्रो शैलीपछि अखबारहव उठान गर्ने विषय वस्तुस्तुबारे यहाँहरुलाई अवगत गराउँ । हाम्रो ‘भिडियो न्यूज पोर्टल’ मा यहाँहरुले राजनीतिदेखि अर्थतन्त्रसम्म, इतिहासदेखि भविष्यसम्म, स्वास्थ्य–शिक्षादेखि पर्यटनसम्म अनि खेलदेखि मनोरञ्जनसम्मका विषयबस्तु पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । तपाईंले हाम्रो पोर्टमा आएर समाचार साम्रगीदेखि डकुमेन्ट्री र फिल्मसम्म हेर्न सक्नुहुनेछ । अर्थात अखबार हवमा देखिने छ, देशको सम्पूर्ण दृश्य ।
नयाँ प्रयोगको पत्रकारिता गरिरहदा हामी स्थापित मुल्य–मान्यताहरुबाट मुक्त हुने छैनौँ । पत्रकारिताका सिद्धान्त आत्मसाथ गर्नेर्छौँ । तर, सत्य, न्याय, राष्ट्रियता र जनजीवीकाका प्रश्नमा हाम्रो निष्ठा कतै पनि कमजोर हुने छैन । हामी आम पाठक,स्रोता र दर्शकको पक्षमा उभिनेछौँ र सम्झौताहीन पत्रकारितालाई जोड दिनेर्छौँ । हामी तपाईंको रचनात्मक सुझाब सल्लाहको अपेक्षा गर्दछौं ।
जय पत्रकारीता







