एक अर्ब घुस अफर गर्नेको नाम सार्वजनिक गर्नुसः वन पैदावर व्यवसायी

अखबार हब
२०७७ फाल्गुन १९, बुधबार १९:५६

काठमाडौं । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले एक अर्ब घुस अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न वनमन्त्री प्रेमबहादुर आलेलाई चुनौती दिएको छ ।

“वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न लेनदेनको कुरा भएको भए निजको नाम सार्वजनिक गर्न अनुरोध गर्दछौं, त्यस्तो गर्नेलाई नियमअनुसार कडा कारबाही गर्न पनि जोडदार माग गर्दछौं ।”, फेनफिटका अध्यक्ष श्याम ढकाल र महासचिव अनिल रन्जितले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

वन मुद्धा खेपिरहेका वन मन्त्री प्रेम आलेले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को आठौं राष्ट्रिय परिषद्को उद्घाटनका क्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीहरुले एक अर्ब रुपैयाँ घुस अफर गरेको आरोप लगाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*