मकवानपुर- २ अपडेटः घण्टीसंग सूर्यको मतान्तर कति ?
मकवानपुर । फागुन २१ गते भएको आम निर्वाचनको मतगणना जारी छ ।
जारी मतगणना अनुसार मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ । हाल सम्म मनहरी, कैलाश, राक्सिराङ र थाहा नगरपालिकाको मतगणना सकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
चार वटा पालिकाको ४९ हजार २ सय ९ सदर मत गणना हुँदा रास्वाको घण्टी चुनाव चिन्हमा १६ हजार १ सय ३९ मत खसेको छ भने एमालेको सूर्य चुनव चिन्हमा दश हजार ४ सय ३४ मत खसेको छ । घण्टी र सूर्य बिच ५ हजार ७ सय ५ मत अन्तर रहेको पाइन्छ ।
त्यसै गरि रुख चुनाव चिन्हमा ९ हजार ५ सय ५७ मत प्राप्त गरेको छ । तारा चिन्हमा ८ हजार ३ सय ९९ मत खसेको छ । ५२ हजार ४ सय ४८ मत खसेकोमा ३ हजार २ सय ३९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा एमालेबाट महेश बर्तौला, रास्वपाबाट प्रशान्त, उप्रेती नेपाली काँग्रेसबाट बुद्ध लामा र नेकपाबाट लवशेर विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।









