विपन्न विद्यार्थीलाई लक्ष्मी सनराइज बैंकको न्यानो कपडा

अखबार हब
२०८२ माघ ६, सोमबार २२:००

हेटौंडा । आर्थिक रुपमा कमजोर रहेका परिबारका विद्यार्थीहरुलाई लक्ष्मी सनराइज बैंकले न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेको छ ।  लक्ष्मी सनराइज बैंक हेटौंडा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न समुदायका  विद्यार्थीहरुलाई ५० सेट  ट्र्याकसुट वितरण गरेको हो ।

बैंकले मनहरी गाउँपालिका–१,गोगनपानीस्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई उक्त सामग्री शाखा प्रमुख राज कुमार शाहाले आज एक कार्यक्रमका बीच कपडा वितरण गरेका हुन् ।

जाडो मौसममा विद्यार्थीहरूलाई पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको  शाखा प्रमुख शाहाले बताए । साथै बैंकले कपडा वितरण गरेर शिक्षा र समुदायप्रतिको आफ्नो सामाजिक प्रतिबद्धता पुरा गरेको जनाएको छ ।

कार्यक्रममा मनहरी गाउँपालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनालले  बैंकले विपन्न विद्यार्थीहरूलाई लक्षित गरी सहयोग गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै  बैंक लाई धन्यबाद व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*