आगोले पोलेर मकवानपुरमा पाँच वर्षीया बालिका घाइते

अखबार हब
२०८२ पुष ७, सोमबार १८:४४

हेटौंडा । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा पाँच वर्षीया बालिका घाइते भएकी छन्।

चितवन राप्ती नगरपालिका–१ लोथर घर भई हाल मकवानपुर बकैया गाउँपालिका–८ शिशिर दमार बसोबास गर्दै आएका रमेश फुयालको कुखुरा फार्ममा काम गर्ने दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा फार्मको कम्पाउण्डभित्र आगो तापेर बस्ने क्रममा घाइते भएकी हुन्।

आमा सानुमाया प्रजा केही समयका लागि बाहिर गएको अवस्थामा अचानक सोनियाको कपडामा आगो सल्किँदा उनको छाती र घाँटीको भाग जलेको बताइएको छ। घाइते बालिकालाई उपचारका लागि आमा सानुमाया प्रजाले सोही दिन दिउँसो हेटौंडा अस्पताल ल्याएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*