जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनलाई

अखबार हब
२०८२ मंसिर ८, आईतवार २०:५८

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी, मकवानपुरको आयोजना एवं जुनियर रेडक्रस सर्कल शारदा माबि, आमभन्ज्याङ्गको ब्यबस्थापनमा शुक्रबारबाट आयोजित जिल्ला स्तरिय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ ।

आज भएको फाइनल खेलमा जिएस निकेतनले शारदा माबिलाई २०-२५, २५-२३, २५-२०, २५-१७ ले पराजित गर्दै उपाधी जितेको हो ।

उपाधी जित्दै जिएस निकेतनले नगद रु ५० हजार सहित रनिङ्गसिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो हुने शारदा माबीले नगद रु ३० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तथा सान्त्वना हुने प्रजा जागृती माबी र सुन्दरीदेबि माबीले नगद रु १५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

कार्यक्रममा बिजेता टोलिहरुलाइ नेपाल रेडक्रस सोसाइटी, मकवानपुरका उपमन्त्री एवं जिल्ला जुनियर युवा सामितिको संयोजक शिबहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई,मकवानपुर गढी -५ का वडा अध्यक्ष दिपेश दाहाल तथा बिब्यस अध्यक्ष युवराज सापकोटाले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी जिएसका अमित मिश्र, उत्कृष्ट कोच जियसका इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जियसका आयुशा सिङ्ग, उत्कृष्ट सेटर जिएसका बिनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर सारदाको आशिष घलान घोषित भएका छन ।

प्रतियोगितामा मकवानपुर जिल्ला भरका २४ वटा विद्यालयको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*